तिमी र म : श्रेया पाण्डे ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
तिमी कहाँ त्यो आकाशको जून शीतलमा उज्यालो छर्ने
म कहाँ यो धर्तीको धुलो तिमीलाई हेरी समय काट्ने
कहाँ तिमी त्यो क्षितिज पारिको सुन्दर लोकमा
कहाँ म यो धर्तीको धुलो माटोमा
कहिले होला र हाम्रो भेट
तिमी र म त क्षितिजमा मात्र सँगै
तिमी पो मेरो कविताको सुन्दर रचना
म त केवल त्यस कविताको एक लुकेको भावना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
