नारायणगोपाल चोकमा पैदल यात्रीलाई हातपात गर्ने बुढानिलकण्ठ-३ का बमलाई सात दिने फसाद

नारायणगोपाल चोकमा पैदल यात्रीलाई हातपात गर्ने बुढानिलकण्ठ-३ का बमलाई सात दिने फसाद

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

नारायण गोपाल चोक स्थित सडक खण्डमा पैदलयात्रीलाई हातपात गरेर भाइरल बनेका व्यक्तिलाई सात दिन म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
बा ३ च ११०३ नं. को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएकोमा उक्त जिप चालक बुढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयबाट दाखिला हुन आएका थिए।
काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिइ सो घटना माथि  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।