बुढानिलकण्ठ र काठमाण्डौ वडा ८ का दर्जनौ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश…..

बुढानिलकण्ठ र काठमाण्डौ वडा ८ का दर्जनौ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश…..

कपन अनलाइन

काठमाण्डौ,माघ २५।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिका वडा नं ८ का दर्जनौ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन।

फागुन २१ गते हुने निर्वाचनको तयारी निकै तीव्र बनिरहेको समयमा बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा सक्रिय रहेका विभन्न व्यक्तित्वहरु रास्वपा प्रवेश गरेका हुन्।

बुढानिलकण्ठ नगरपालिकाबाट  नेकपा जिल्ला कमिटी सदस्य सत्य नारायण अधिकारी ( काठमाडौं क्षेत्र नं. ४ प्रदेश ख सचिव), नेकपा वडा नं. १० का वडा सभापति इन्द्र बा. खड्का, पुर्व डि. एस. पी. राजेन्द्र अधिकारी, नेपाली काङ्ग्रेस का वडा नं. १० का वडा सदस्य कुमार सिलवाल, नेकपा क्षेत्रीय सदस्य छवि सिटौला सहित विभिन्न व्यक्तित्वहरु रास्वपा प्रवेश गरेका छन।

त्यस्तै काठमाण्डौ महानगरपालिका वडा नं ८ का नेपाली कांग्रेसका वडा उपसभापति कृष्ण ओडारीको नेतृत्वमा ५२ जना  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  प्रवेश गरेका छन।

तपाइँको प्रतिक्रिया ।