डा.राजन भट्टराईको चुनावी कमाण्डरमा उद्दव खरेल, १००१ सदस्यीय परिचालन कमिटी घोषणा

डा.राजन भट्टराईको चुनावी कमाण्डरमा उद्दव खरेल, १००१ सदस्यीय परिचालन कमिटी घोषणा

कपन अनलाइन

काठमाण्डौ,माघ १०।

नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ। नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराईको चुनावी कमाण्डरमा उद्दव खरेल बनेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलन चोक पार्टी भेन्युमा भएको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा केन्द्रीय सदस्य राधिका खतिवडा,रमेश बडाल, राजधानी प्रदेश कमिटी अध्यक्ष नारायण सिलवाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा निर्वाचन परिचालनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।