उपत्यकाका १५ निर्वाचन क्षेत्रमा नेकपा एमालेले भोलि परिचालन कमिटी घोषणा गर्ने, कहाँ र कति बेला ?
कपन अनलाइन
काठमाण्डौ,माघ ८।
नेकपा (एमाले) ले समृद्धि, सुशासन र सुरक्षाका लागि भन्ने मूल नारासहित प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम गर्ने भएको छ।
नेकपा (एमाले) राजधानी प्रदेश कमिटी तथा निर्वाचन परिचालन कमिटीको आयोजनामा हुने यी कार्यक्रमहरू २०८२ साल माघ १० गते विभिन्न स्थानमा सम्पन्न हुने जनाइएको छ।
पार्टीले काठमाडौँ, ललितपुर र भक्तपुरका सबै निर्वाचन क्षेत्रलाई समेटेर उम्मेदवार तथा चुनावी एजेन्डा सार्वजनिक गर्ने तयारी गरेको छ।
तपाइँको प्रतिक्रिया ।
