सचिन काठमाण्डौ-४ का शशक्त युवा उम्मेदवार हुन ,जिताउने हाम्रो सामुहिक दायित्व हो : नेता रबिन अधिकारी

सचिन काठमाण्डौ-४ का शशक्त युवा उम्मेदवार हुन ,जिताउने हाम्रो सामुहिक दायित्व हो : नेता रबिन अधिकारी

कपन अनलाइन

काठमाण्डौ,माघ ८।

नेपाली कांग्रेसका नेता रबिन अधिकारीले काठमाण्डौ क्षेत्र नं ४ मा पार्टीले पठाएका उम्मेदवार सचिन तिमल्सेना शशक्त युवा रहेकोले उनलाई जिताउनु सबैको दायित्व रहेको बताएका छन।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्रमा पुरानो विरासत जोगाउदै युवा जोश र उर्जा सहित निर्वाचनको मैदानमा रहेका युवा नेता सचिनलाई सबैले सहयोग गर्नुपर्ने भन्दै नेता अधिकारीले उनि बहुमुखी प्रतिभा भएको भन्दै प्रसंशा समेत गरेका छन।

सामाजिक संजाल र अन्य स्थानमा नेपाली कांग्रेसका उम्मेदवारका बारेमा भएका टिप्पणीहरु प्रति लक्षित गर्दै नेता अधिकारीले निर्वाचनमा उम्मेदवारको अनुहार भन्दा पनि पार्टी र राजनीतिक विरासत हेर्दै सक्रिय हुनुपर्ने कपन अनलाइनलाई बताएका छन।

२०६४ शाल देखि निरन्तर चार वटा निर्वाचनमा विजयी बन्दै आएको नेपाली कांग्रेसले काठमाण्डौ क्षेत्र नं ४  का जनताहरुले फेरी पनि सहयोग गर्ने विस्वास व्यक्त गर्दै नेता अधिकारीले चाडै नै उम्मेदवार सहित जनताको विचमा जाने तयारी गरेको बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।