बुढानिलकण्ठ जागरण अभियानले बैकल्पिक शक्तिलाई सहयोग गर्ने …..
कपन अनलाइन
काठमाण्डौ,माघ ८।
बुढानिलकण्ठ नगरपालिकामा विगत १५ दिन देखि निरन्तर सक्रिय रहेको बुढानिलकण्ठ जागरण अभियानले बैकल्पिक शक्तिलाई सघाउने तयारी गरेको छ।
भाद्र २३ र २४ गते भएको GEN Z आन्दोलनमा शहिद भएकाहरुको रगतलाई यसै खेर जान नदिने भन्दै अभियानसंचालन गरेको अभियन्ता विवेक अधिकारीले भोलिका दिनमा यस्ता घटनाहरु फेरि कसैले कुनै पनि नाममा नघटाउन भन्ने कुराको सुनिश्चित गर्न र पुराना राजनीति दलहरूलाई सुध्रिने मौका दिदै नया दलहरूलाई संस्थागत गर्न सो अभियान सन्चालन गरेको बताएका छन।
यस अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानहरुमा दिप प्रज्वलन, जनचेतना मुलक अभियानका साथै माइकिंग लगायतका गतिविधि निरन्तर संचालन गर्दै जनतालाई जगाउने अभियानले बताएको छ ।
तपाइँको प्रतिक्रिया ।
