काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका सचिनको सरप्राइज……….

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका सचिनको सरप्राइज……….

कपन अनलाइन

काठमाण्डौ ,माघ ७।

माघ ५ र ६ गते दिउसो सम्म काठमाण्डौ क्षेत्र नं ४ का नेपाली कांग्रेसमा क्रियाशील नेता तथा कार्यकर्ताहरु सभापति गगन थापाले क्षेत्र छोड्ने कुरालाई हल्ला मात्र मानिरहेका थिए।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टिकट पाएर मनोनयन दर्ताको तयारी गर्दा समेत काठमाण्डौ क्षेत्र नं ४ मा भने नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार तय गरेका थिएनन।

क्षेत्रका राजनीतिक नेतृत्व निकै तनाव र असमन्जस्यमा परिरहेको समयमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको क्षेत्रमा युवा नेता सचिन तिमल्सिनाले टिकट प्राप्त गरेको खबरले सबैलाई चकित बनाएको थियो।

Youth Congress का संस्थापक सचिन तिमल्सिनालाई काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार बनाउदै सरप्राइज दिएका गगन कुमार थापा भने सर्लाही क्षेत्र नं ४ मा उम्मेदवार बनेका छन।

लामो समयदेखी कांग्रेस सभापति गगन कुमार थापाको निकट रहेर उनका योजना तथा मिसनमा सक्रिय सहभागी रहेका तिमल्सिनाको उम्मेद्वारी घोषणा संगै क्षेत्रको राजनीतिमा निकै ठुलो तरंग पैदा भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ३० निवासी सचिनले मनोनयन दर्ता गर्दै उनीमाथिको विस्वासका लागि सभापति गगन थापालाई धन्यवाद दिदै सहयोगका लागि अपिल समेत गरेका छन्।

तपाइँको प्रतिक्रिया ।