काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा नउठ्दा बद्री भट्टराईको संभावना
कपन अनलाइन
काठमाण्डौ ,माघ ६ ।
विशेष महाधिवेशनबाट भर्खरै सभापति निर्वाचित काठमाडौं क्षेत्र नं. ४ को आफ्नो निर्वाचित क्षेत्र छोडेर काठमाडौंका अन्य वा तराईंका आधार क्षेत्रमा गगन थापा निर्वाचन लड्न जाने विषय सञ्चार माध्यमबाट अपुष्ट समाचार आइरहेका बेला गगनको भावी उत्तराधिकारीका रुपमा युवा नेता बद्री (दामोदर) भट्टराईको नाम आएको छ ।
गगन बाहेक काँग्रेसबाट अन्य व्यक्ति स्वीकार्ने पक्षमा काँगे्रस नदेखिँदा स्ष्ट वक्ता, प्रष्ट बोल्नेशैली र वाक शैलीमा गगनकै जतिकै दमदार रुपमा आफ्ना विचार राख्न सक्ने बद्री भट्टराईलाई विकल्पका रुपमा अगाडि सार्ने विषयमा छलफल चलिरहेको अपुष्ट स्रोत बताउँछ ।
युवा आवाजलाई समेट्न पनि नवनिर्वाचित सभापति गगन थापालाई आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो उत्तराधिकारी यही क्षेत्रको युवालाई अगाडि बढाउन सजिलो हुने विश्लेषण समेत गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।
