काठमाण्डौ क्षेत्र नं ४ मा बुढानिलकण्ठ प्रमुख मिठाराम अधिकारीलाई उम्मेदवार बनाउने कसरत…..
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
काठमाण्डौका ९ क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तय भएर मनोनयन गर्ने तयारी गरे पनि काठमाण्डौ क्षेत्र नं ४ मा भने उम्मेदवार को बन्ला ? भन्ने चर्चा व्यापक बनेको छ।
नेकपा एमालेका काठमाण्डौ क्षेत्र नं ४ का नेताहरु लगातार छलफलमा बसे पनि यो समाचार तयार पार्दा सम्म उम्मेदवार तय भएको छैन। केन्द्रीय सचिव डा. राजन भट्टराईले अनिक्षा गरे संगै नेता धर्म दत्त देवकोटा र पुर्व नगर प्रमुख उद्दव खरेलको नाम चर्चामा रहे पनि हाल सम्म कुनै निर्णय भने नभएको एक नेताले बताएका छन।
एमाले क्षेत्र नं ४ मा विविध सम्भावना र व्यक्तित्वहरुको वारेमा चर्चा चलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको नाममा पनि छलफल शुरु भएको छ।
नेकपा एमालेका नगर कमिटी अध्यक्ष र शाखा कमिटी अध्यक्ष संग परामर्श गरेका अधिकारीले उम्मेदवार बन्ने सिग्नल दिएको चर्चा संगै अहिले अधिकारीको बारेमा व्यापक छलफल भैरहेको ति नेताले जानकारी दिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा को उम्मेदवार आउछ भन्ने स्थानीय नेताहरुको प्रश्नमा भूगोलमा सक्रिय नेता आउनुहुन्छ भन्ने डा. राजन भट्टराईको उत्तर निकै संकेतपूर्ण रहेको एमाले वृतमा अहिले चर्चा विषय समेत बनेको छ।
