रामेश्वरको पाँचौ पारीमा कुलमान प्रतिस्पर्धी :चारमा बाबुछोरा संग भिडन्त देखि प्रदेश मन्त्रि सम्म
कपन अनलाइन
काठमाण्डौ ,माघ ४।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज रामेश्वर फुँयाल संसदीय राजनीतिको पाँचौ पारी खेल्ने तयारीमा रहेका छन।
काठमाण्डौ क्षेत्र नं ३ मा दुई पटक प्रतिनिधि सभा र दुई पटक प्रदेश सभामा निर्वाचन लडेका फुँयालले जित र हार बराबर भोगेका छन। २०७० शालमा भएको संविधान सभा र २०७४ मा भएको प्रदेश सभाको निर्वाचनमा जित निकालेका फुँयालले २०६४ को संविधान सभा र २०७९ शालको प्रदेश सभा निर्वाचनमा हार बेहोरेका छन।
लामो समय काठमाण्डौको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका फुँयालले संविधान सभामा बाबु र प्रदेश सभामा छोरा संग प्रतिस्पर्धा गरेका थिए। २०६४ र ७० को संविधान सभाको निर्वाचनमा चक्र बहादुर ठकुरी संग प्रतिस्पर्धा गरेका उनि २०७४ र ७९ को प्रदेश सभामा उनका छोरा बिमल ठकुरी संग मैदानमा उत्रिएका थिए।
गाविस अध्यक्ष,जिविस उपसभापति हुदै बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रि बनिसकेका फुँयाल संग पाँचौ पारीमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मैदानमा उत्रिएका छन।
काठमाण्डौ उपत्यकामा काठ चक्रपथ, पर्वत शृंखलाहरुमा महोत्सवहरु संचालन गर्दै आएका फुँयाल र कुलमान काठमाण्डौ क्षेत्र नं ३ को मैदानमा देखिएपनि रास्वपा, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरुको उम्मेदवार हालसम्म सार्वजनिक गरिसकेका छैनन्।
