ओखलढुंगामा नेकपा एमालेको उम्मेदवार बनिन अस्मिता थापा

ओखलढुंगामा नेकपा एमालेको उम्मेदवार बनिन अस्मिता थापा

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

नेकपा एमालेले ओखलढुंगा जिल्लामा अस्मिता थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमालेको सचिवालय बैठकले थापालाई प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित थापा लिखु गाउँ पालिकाकी उपाध्यक्ष समेत हुन् ।  एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यस अघि यज्ञराज सुनुवार उम्मेदवार रहेका  थिए।

तपाइँको प्रतिक्रिया ।