पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबलमा चाँदबागलाई सफलता

पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबलमा चाँदबागलाई सफलता

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा  सोमबार जित हात पारेको छ ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित गर्यो । चाँदबागको जितमा अमौलिका खड्काले १० अंक योगदान गरिन् । सोही स्पर्धामा सिस्का थापाको १२ अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन रिब्सले बाल दीक्षा सदनलाई २४–१५ ले हरायो।
सिनियर ब्वाइजमा बाल दीक्षा सदनले आयोजक केएमसी ‘बी’ लाई २९–१५, सेवा सदनले ग्रिन लन्सलाई २६–२०, भीएस निकेतनले नेपाल सेन्ट्रललाई  २९–१७ र गोल्डेनपिकले काठमाडौं जेभियर्स पब्लिकलाई ६०–४५ ले पाखा लगाए । बाल दीक्षा सदनका जेसन श्रेष्ठले १३, सेवा सदनका अभिषेक राईले १२, भीएस निकेतनका आरोन कक्षपतिले १३ र गोल्डेनपिकका विजय तामाङले २२ स्कोर गरे ।
जुनियर ब्वाइजमा हिमालीले काठमाडौं शिक्षालयलाई १८–१०, गोल्डेन फ्लावरले ह्वाइटफिल्डलाई १३–८ र गोलडेनपिकले नेपाल सेन्ट्रललाई १७–१० ले पन्छाए । हिमालीका सविन तामाङले ६, गोल्डेन फ्लावरका इसाजेश तामाङले १० र गोल्डेनपिकका प्रजिम मगरले ६ अंक बटुले । प्रतियोगिताअन्तर्गत मंगलबार समूह चरणका ९ खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।