काठमाण्डौ क्षेत्र नं ४ मा रास्वपाका तर्फबाट मैदानमा आउने राम प्रसाद भट्टराईको तयारी …
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाका तर्फबाट काठमाडौँं क्षेत्र नं ४ मा युवा नेता रामप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी दावी पार्टीमा दर्ता गराएका छन् ।
स्रोतका अनुसार यस क्षेत्रबाट दावेदारी दिने भट्टराई मात्र एकल उम्मेदवार हुन् । नेपाल स्काउटको कार्याकारी निर्देशक भएर ६ बर्ष काम गरेका भट्टराईले त्रिभुवन विश्वबिद्यालयबाट द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर गरेका छन् ।
बिशेष गरी युवाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अनुभव हाँसील गरेका भट्टराई लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन ।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा , नेकपा एमालेका सचिव डा. राजन भट्टराई र नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुषाल लगायतको नाम चर्चामा रहेको छ
