ओखलढुंगामा सधै रामहरी र यज्ञराज : के विकल्प बन्लान त विश्वराज ?

ओखलढुंगामा सधै रामहरी र यज्ञराज : के विकल्प बन्लान त विश्वराज ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २१।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस र निर्वाचन तयारीको काम तीव्र गतिमा बढेको समयमा ओखलढुंगा जिल्लामा कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा शुरु भएको छ।

रास्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भन्दै पुर्व व आइजी विश्वराज पोखरेलले ओखलढुंगा जिल्लाका गाउँ घरमा पुगेर निर्वाचन प्रचार शुरु गरे संगै हाल सम्म पालै पालो जस्तो गरेर प्रतिनिधि सभा जितेका नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ता पंक्तिमा तरंग पैदा भएको विश्लेषण गर्न थालिएको छ।

ओखलढुंगा जिल्लामा दुई निर्वाचन क्षेत्र हुँदा र पछी एक क्षेत्र रहदा समेत ओखलढुंगा जिल्लाको प्रतिनिधित्व गरेका रामहरी खतिवडा र यज्ञराज सुनुवारको विकल्प बन्ने सम्भावना विश्वराज पोखरेलले देखाएपछी जिल्लाको राजनीतिक नक्शा परिवर्तन हुने संकेत देखिएको एक शिक्षक बताउछन।

पटक पटक जिल्लाबाट प्रतिनिधि बन्दा र केन्द्रीय राजनीतिमा पनि प्रभावशाली उपस्थिति हुँदा समेत देखिने र जनताको जीवन स्तर उकास्ने कुनै पनि काम नभएको भन्दै जनताहरुले विकल्प खोज्न सक्ने देखेर अहिले मुख्य राजनीतिक दलहरु छद्म प्रचारमा लागेको ति शिक्षकले बताएका छन।

२०६४ शालमा माओवादीले जिते बाहेक ओखलढुंगा जिल्लामा भएका हरेक निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले जित्दै आएको ओखलढुंगा जिल्लाका स्थानीय तहका एक /एक तहमा एमाले र माओवादीले जितेका छन भने अन्यमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको छ।

पछिल्लो समय पोखरेलले शुरु गरेको अभियानमा नेपाली कांग्रेस र एमालेकै नेता तथा कार्यकर्ताहरुले खुलेर साथ दिए संगै जिल्लाको राजनीतिमा फरक बहस शुरु भएको बताउदै एक पत्रकारले विगतमा जस्तो माहोल र समर्थन मुलधारका दलले पाउलान वा नपाउलान त्यो भविस्यलाई नै छोड्नु पर्ने धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।