काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका १२ जनाको दावी,उषाकिरणको इन्ट्रीले डा.राजनलाई सकस

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका १२ जनाको दावी,उषाकिरणको इन्ट्रीले डा.राजनलाई सकस

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

काठमाण्डौ क्षेत्र नं ४ मा १२ जनाले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि  दावी गरेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले आयोजना गरेको भेला तथा उम्मेदवार सिफारिस कार्यक्रममा केन्द्र देखि नगर सम्मका १२ जनाले आगामी निर्वाचनमा आफुलाई उम्मेदवार बनाउनु पर्ने माग गरेका हुन्।

सो भेलामा प्रस्तावित दावेदारहरुमा डा. राजन भट्टराई, धर्मदत्त देवकोटा, उषाकिरण भण्डारी, मिठाराम अधिकारी, विदुर विक्रम खड्का, संगम गहतराज,राजन कुमार पोखरेल, मुरारी भण्डारी, सरस्वति कार्की , निर्मला पुडासैनी ,सरिता निरौला र सुनिता थापा रहेका छन।

चाबहिलमा रहेको स्विट पार्टी प्यालेसमा आयोजित भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य धुर्वराज न्यौपानेले उषाकिरण भण्डारीको नाम प्रस्ताव गरे संगै क्षेत्रमा सर्वसम्मत बन्ने डा. राजन भट्टराईको इच्छामा केहि समय ब्रेक लागेको टिप्पणी गरिएको छ।

भर्खरै सम्पन्न ११ औ महाधिवेसनबाट केन्द्रीय सचिवमा निर्वाचित बनेका डा. भट्टराई सहजै सर्वसम्मत हुने अनुमान गरिएको सो भेलामा एक दर्जन बढी आकांक्षी भएपछी क्षेत्रीय कमिटी दवावमा परेको एक सहभागीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।