प्रशान्ति एकेडेमी बुढानिलकण्ठ-१२ मा दन्त स्वास्थ्य शिविर सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २८।
प्रशान्ति एकेडेमीले बुद्द डेन्टल हस्पिटल चबहिलको सहयोगमा दन्त स्वास्थ्य परीक्षण तथा मौखिक स्वच्छता सचेतना शिविर आयोजना गरेको छ ।
अनुभवी दन्त चिकित्सकहरूको टोलीले विभिन्न कक्षाका विद्यार्थीहरूको दन्त परीक्षण गरी व्यक्तिगत सुझावहरू प्रदानगरेका थिए ।सो शिविरमा विद्यार्थीहरूलाई सही तरिकाले दन्त ब्रश गर्ने विधि, दाँत तथा मुखसँग सम्बन्धित सामान्य समस्या, र स्वस्थ खानपानको महत्वबारे सहज र शिक्षाप्रद तरिकाले जानकारी गराइएको थियो ।
विद्यालय प्रशासनले दन्त चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै यस्ता स्वास्थ्य-सम्बन्धी कार्यक्रमहरूले विद्यार्थीहरूमा जीवनभर उपयोगी हुने स्वस्थ बानी विकास गर्न सहयोग पुर्याउने विस्वास लिएको छ।
तपाइँको प्रतिक्रिया ।
