१९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल : एलएनए र एन्जल्स हार्ट सेमिफाइनलमा

१९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल : एलएनए र एन्जल्स हार्ट सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्ट १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एलएनएले पारामाउन्ट एकेडेमीलाई ३१–२३ ले पराजित   ग¥यो । एलएनएका अन्वेश पुलामीले ९ अंक जोडे । एन्जल्स हार्टले न्युटनलाई ३५–२६ ले हरायो । विजेताका रेहान क्षेत्रीले ८ स्कोर गरे ।
जुनियर ब्वाइजमै गोल्डेनपिकले ग्रिनफिल्डलाई ३५–२५ ले पाखा लगाउदै सेमिफाइनलमा पुग्यो । गोल्डेनपिकका अग्रज राईले ११ अंक बटुले ।
सिनियर ब्वाइजमा न्युटनले बागमतीलाई ५४–३९, आयोजक भ्याली पब्लिकले क्यान्भासलाई ४८–३५, टीआईएले जेबी स्कुललाई ५२–४२ र हेम्सले जिनियस वल्र्डलाई ४४–३२ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का  गरे । न्युटनका उज्ज्वल श्रेष्ठले २१, भ्याली पब्लिकका अशोक विकले १८, टीआईएका रोशन नगरकोटीले १३ र हेम्सका जोनस शाहले १५ अंक जोडे ।
सिनियर गल्र्समा केभीकेएसएसले त्रिज्योतिलाई १६–६, फेरिल्यान्डले साम्तेनलाई ३९–२८, भ्याली पब्लिक ‘ए’ ले बागमतीलाई ४१–३२ र न्युटनले भ्याली पब्लिक ‘बी’ लाई ३१–२२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । केभीकेएसएसकी रोजी श्रेष्ठले ७, फेरिल्यान्डकी सन्दिपा राईले १५, भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले १९ र न्युटनकी इरिनी राणाले ९ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।