भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनल
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २६।
आयोजक भ्याली पब्लिकको ३ टोली १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकको गल्र्सको २ तथा सिनियर ब्वाइजको १ टोली क्वाटरफाइनलमा पुगेका हुन् ।
भंगालस्थित घरेलु कोर्टमा भएको गल्र्सको प्रतिस्पर्धामा भ्याली पब्लिक ‘बी’ ले सत्यसाइलाई २१–२० को झीनोअन्तरले पराजित ग¥यो । जितमा सानीमाया तामाङले १० अंक योगदान गरिन् । दृष्य गुरुङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई २५–१७ ले हरायो ।
सिनियर ब्वइजमा भ्याली पब्लिकले हिमशिलालाई ६७–५० ले पाखा लगायो । विजेताका अशोक विश्वकर्माले ३१ स्कोर गरे । सोही स्पर्धामा बागमतीले स्कोलर्स होमलाई ४९–३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनायो । बागमतीका आर्यन श्रेष्ठले २१ अंक जोडे ।
सिनियर गल्र्सको अन्य खेलमा त्रिज्योतिले वेदव्यासलाई २५–१६ तथा बागमतीले एन्जल्स हार्ट नेसनल स्कुललाई १९–११ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । त्रिज्योतिकी प्रिस्ना तामाङले १० तथा बागमतीकी डिकी शेर्पाले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा भने भ्याली पब्लिक चुक्यो । पारामाउन्ट एकेडेमीले भ्याली पब्लिकमाथि २१–१५ को जित दर्ता गर्दै क्वाटरफाइनल यात्रा तय गर्यो ।
