तेश्रो काष्ठमण्डप कप : एक्सेल्सियर र मल्पी सिटी क्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २६।
द एक्सेल्सियर स्कुल र मल्पी सिटी तेश्रो काष्ठमण्डप कप अन्तर्गत बास्केटबलतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियर गर्ल्स तथा मल्पी सिटी ब्वाइजमा क्वाटरफाइनल पुगेका हुन् । दुवैले विल्सन एकेडेमीबाट वाकओभर पाए ।
गल्र्समा मातृभूमिले टीआईएलाई १२–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । दीक्षालय नेपालले ह्वाइटफिल्डलाई १९–१० ले हरायो ।
ब्वाइजमा ह्वाइटफिल्डले मातृभूमिलाई ३१–९ तथा रिलायन्स को–एडले दीक्षालय नेपाललाई १९–१८ ले पाखा लगाए ।
फुटसल ः
फुटसलको सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ ले मल्पी सिटी ७–०, वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई २–१ तथा मातृभूमिले मल्पी सिटीलाई ३–० गोलले पराजित गरे । वेदव्यास र मातृभूमिले गोलरहित बराबरी खेले भने एक्सेल्सियर र विल्सन एकेडेमीबाट वाकओभर पायो ।
गल्र्समा वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई ६–० तथा पुष्पाञ्जलीले पनि काष्ठमण्डप ‘बी’ लाई २–० गोलले हराए । वेदव्यास र पुष्पाञ्जलीबीचको खेल गोलरहित बराबरीमा सकियो ।
जुनियर ब्वाइजमा पुष्पाञ्जलीले काष्ठमण्डप ‘बी’ लाई २–०, पुष्पाञ्जलीले एक्सेल्सियरलाई २–१ र एक्सेल्सियरले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले पाखा लगाए ।
