बुढानिलकण्ठ नगरपालिका आउने सेवाग्राही भन्छन, “भगवानको चरण स्पर्श गर्न पाउ”

बुढानिलकण्ठ नगरपालिका आउने सेवाग्राही भन्छन, “भगवानको चरण स्पर्श गर्न पाउ”

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २६।

बुढानिलकण्ठ नगरपालिकाको नामकरण बुढानिलकण्ठ भगवानको नामबाट भएको हो।

शिवपुरी पर्वत शृंखलाको काखमा रहेको बुढानिलकण्ठको मन्दिरको नाम बाट नामाकरण भएको नगरपालिकाले आफ्नो प्रशासकीय कार्यालयको प्रांगणमा पनि मुर्ति स्थापना गरेको छ।

धार्मिक परम्परा अनुसार ठुलो अनुष्ठान गर्दै स्थापना गरिएको सो भगवानको मुर्तिलाई गोलाकार पर्खालले छेकेपछी अहिले त्यसको अर्थ र महत्वका वारेमा विभिन्न चर्चा परिचर्चा हुन् थालेको छ।

नगरपालिकाको प्रांगणमा स्थापना गरिएको उक्त मुर्तिलाई अग्लो गोलाकार पर्खालले छेक्दा पहिलो पटक आउने स्थानीले त्यहाको मुर्तिलाई दर्शन गर्नु त् परे जावस देख्न समेत सक्दैन भन्दै एक स्थानीयले उक्त स्थानको डिजाइन फेरेर भगवानको चरण स्पर्श गर्न सकिने बनाउनु पर्ने बताएका छन।

सो स्थानको परिकल्पना र डिजाइन गर्ने संयन्त्रले सामान्य भक्तिभावको ख्याल गर्न जानेर वा नजानेर भुलेको हुन् सक्ने भन्दै ति स्थानीयले भवन भित्र छिर्दा भगवानको चरण स्पर्श सहित सकारात्मक उर्जाले जान पाउनु पर्ने बताएका छन।

सो गोलाकार पर्खालका कारण बुढानिलकण्ठ भगवानको मुर्ति नदेख्दा सो स्थानलाई धेरैले पानी नभएको  “वाटर फाउन्टेन” भन्दै ब्यंग्य गरिरहेकोले मुर्तिको चरण स्पर्श गर्दै दर्शन गर्ने व्यवस्था गर्नुपर्ने माग नगरवासीले गरेका छन।

तपाइँको प्रतिक्रिया ।