चार मुक्तक : भोज विवश मगर
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २२।
मुक्तक १
सुनौलो सपनाले देशलाई सजाउँछ अवश्य
शक्ति र साहसले उज्यालो बनाउँछ अवश्य
जतिसुकै रगत बगेता पनि झण्डा उचालौं,
शत्रु नाश गरे नेपाल आमा रमाउँछ अवश्य ।
मुक्तक २
आपसमा हात समाउँदै अघिअघि बढौं नेपाली
एकताको बल लगाएर मुकाविला गरौं नेपाली
अन्धकार हटाई उज्यालो फैलाउने हो भने यहाँ,
उद्देश्य अनुरुप सफल हुन कम्मर कसौं नेपाली ।
मुक्तक ३
हेप्नु सम्म त हेपेका हुन् गरिब देखेर दायाँबायाँले
जतिसुकै सताए पनि मलाई अभावको छायाले
जान नसकेर अल्झिएको होला भन्नेहरू भन्छन,
तर विदेश नगएको हुँ म यो मातृभूमिको मायाले ।
मुक्तक ४
सेवा गर्ने जीवनको सर्वोत्तम उद्देश्य पुरा गर्नुछ भने
जिन्दगीलाई सक्रिय राखौं खुशीको रंग भर्नुछ भने
देश हाम्रो गौरव र शक्ति ठान्न सक्नुपर्छ सधैंभरि नै,
असल नेतृत्व चिनौ बेलैमा, धेरै अगाडि सर्नुछ भने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
