काठमाण्डौ विद्यालयकी सुकृती कोइरालालाई कविता प्रतियोगितामा द्वितीय स्थान
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयकी सुकृती कोइरालालाई कविता प्रतियोगितामा दितीय स्थान प्राप्त गरेकी छन।
स्वर्गीय घटराज भट्टराईको ८४ औ जन्मजयन्तीमा स्थलगत कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको घटराज मेमोरियल स्कुलमा भएको प्रतियोगितामा २२ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
बरिष्ठ साहित्यकार प्रा.डा. राम प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र प्रिन्सिपल डा. राजेश राज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।
उक्त स्थलगत कविता लेखन प्रतियोगितामा एजेज ग्रेडेड स्कुल प्रथम भएको थियो भने काठमाण्डौ विद्यालय दितीय र पिक पोइन्ट स्कुलले तृतीय स्थान प्राप्त गरेको थियो।सो प्रतियोगितामा हिमशिला बोर्डिङ्ग स्कुल चौथो र जुगल नव गुरुकुलले पाचौ स्थान प्राप्त गरेको थियो।
सो प्रतियोगितामा प्रथम स्थान एजेज ग्रेडेड सेकेन्डरी स्कुल जोरपाटी अमृता राई दोस्रो काठमाडौँ विद्यालय सुकृती कोइराला तेस्रो पिक पोइन्ट एकेडेमी महिमा दाहाल सान्त्वना हिमसिला बोर्डिङ स्कुल प्रेन्सी सुवेदी र जुगल नवगुरुकुल स्नेहा राईले प्राप्त गरेका थिए।
