काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा सरस्वती कार्कीको उम्मेदवारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा सरस्वती कार्कीको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर १२।

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा सरस्वती कार्कीले  उम्मेद्वारी दिएएकी  छन। नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका कार्की  हाल जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का सचिव समेत रहेकी  छन।

२०४६ सालबाट धनुषाको वेगाडावर स्कुलबाट राजनीतिक यात्रा शुरु गरेकी कार्की २०४८ सालपछि काठमाडौं महानगरपालिकाको बासिन्दाको रुपमा नेकपा एमालेमा निरन्तर सक्रिय छिन।

२०५५ सालदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा टोल कमिटि ,वडा कमिटि ,क्षेत्रीय कमिटि हुँदै तिन कार्यकाल सम्म निरन्तर जिल्ला कमिटि सदस्यको जिम्वेवारिमा छिन। हाल उनि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ मा सचिवको भूमिकामा छिन।

आफु निरन्तर पार्टीको पक्षमा सतिसाल झैं जिम्वेवारिमा रहेकोले सहमति नभए आगामी मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको निर्वाचनमा सहयोग गर्न काठमाडौं क्षेत्र नं ४ का सम्पूर्ण पार्टी सदस्यहरुलाई उनले अनुरोध गरेकि छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।