काठमाण्डौ-४ को महाधिवेसन प्रतिनिधिमा केदारराज पुडासैनीलाई अगाडी बढाउने संस्थापन पक्षको तयारी

काठमाण्डौ-४ को महाधिवेसन प्रतिनिधिमा केदारराज पुडासैनीलाई अगाडी बढाउने संस्थापन पक्षको तयारी

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर १२।

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा केदारराज पुडासैनीले उम्मेद्वारी दिएका छन। नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका पुडासैनी हाल बागमती प्रदेस लेखा समिती सदस्य समेत रहेका छन।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओलीको खुल्ला रुपमा प्रसंसा गर्दै संचार माध्यममा निकै चर्चा कमाएका पुडासैनी नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निकट नेता हुन् जसले त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत रहदा रहदै पनि गत चुनावमा डा. भट्टराईको चुनावी कमान्डर बनेर पेशागत जोखिम समेत मोलेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ मा केहि नेताहरुले मान्छे बटुलेर गुन्डु लैजादै संस्थापन पक्ष निकट भएको सन्देस दिन खोजे पनि हाल विद्यावारिधि (PHD) को सोध गरिरहेका पुडासैनीलाई केपी ओली पक्षले अगाडी सार्ने  संकेत दिएको चर्चाले अहिले क्षेत्रको राजनीति निकै तरंगित बनेको छ।

मङ्सिर ११ गते भएको महाधिवेसन प्रतिनिधिका उम्मेदवारहरुको छलफलमा आफुलाई संस्थापनको उम्मेदवार दावी गर्ने एक नेताले काठे र पाखे भन्ने निक्रिस्ट किसिमको मुद्दालाई अगाडी सारे संगै पार्टी जीवनमा निस्वार्थ सक्रिय रहेका पुडासैनीलाई अगाडी सार्ने डा. राजन भट्टराईको  आन्तरिक तयारी रहेको श्रोतले बताएको छ।

२०७९ को निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन परिचालन कमिटीका सह संयोजक रहेका पुडासैनीले नेकपा एमालेको महाधिवेसनमा प्रतिनिधि बन्नका लागि आन्तरिक तयारी र परामर्शलाई तीव्रता दिएका हुन्।

नेकपा एमाले ओखलढुंगा – काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वयमा सदस्य रहेर काम गरिसकेका पुडासैनी त्रिभुवन विश्व विद्यालयमा सह प्राध्यापकका रुपमा लामो समय योगदान पुर्याएका पुराना नेता समेत हुन्।

२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल नै विजयी बनाउनका लागि निर्णायक भूमिका खेलेका पुडासैनी २०५० को दशक देखि नै तत्कालिन काठमाण्डौ क्षेत्र नं १ ,२ हुदै बनेको क्षेत्र नं ४ मा विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन।

नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले  काठमाण्डौ  क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन

साविक कपन गाविस र बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक,सामाजिक र शैक्षिक विकासमा निरन्तर सक्रिय रहदै  पार्टी विभाजन ,विभिन्न आरोह अवरोह र विषम परिस्थितिमा दरिलो रुपमा संस्थापन पक्षमा उभिने लडाकु नेताको पहिचान बनाएका पुडासैनीको उम्मेद्वारीले नेकपा एमाले बुढानिलकण्ठको राजनीतिमा तरंग पैदा गरेको चर्चा समेत हुने गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।