नेकपा एमाले महाधिवेसन प्रतिनिधि छनौट : काठमाण्डौ क्षेत्र नं ४ मा आन्तरिक तयारी तीव्र
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ४।
यहि मङ्सिर २७ गते देखि शुरु हुने नेकपा एमालेको ११ औ महाधिवेसनका लागि १३ गते प्रतिनिधि छनौट हुदैछ।
काठमाण्डौ जिल्ला कमिटीको बैठकले मङ्सिर ९ गते देखि नै प्रक्रिया शुरु गर्ने निर्णय गरे संगै अहिले जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिका आकांक्षी र उनीहरुलाई पठाउन प्रयास गर्ने नेताहरुए कोठे बैठक र छलफललाई निकै तीव्रता दिएका छन।
यसै क्रममा पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीको बसोवास रहेको काठमाण्डौ क्षेत्र नं ४ मा पनि अनौपचारिक भेला र बैठक बाक्लिए संगै सम्भावित प्रतिनिधिहरुको वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
केहि नेताहरुको पहलमा विभिन्न नाम दिदै भएका भेला र गुन्डु यात्राले यस क्षेत्रमा पुर्व रास्ट्रपति र अध्यक्ष ओली समुह विच निकै रोचक प्रतिस्पर्धा हुने अनुमान लगाउन थालिएको छ।
नेकपा एमालेको १० औ महाधिवेसनमा ५ जना प्रतिनिधि पठाएको काठमाण्डौ क्षेत्र नं ४ अध्यक्ष ओली निकट डा. राजन भट्टराईको निर्वाचन क्षेत्र रहेकोले पनि अहिले विशेष चासोका साथ हेरिने निर्वाचन क्षेत्र बनेको छ।
बुढानिलकण्ठ नगरपालिकाका ८ र काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि बन्नका लागि केहि नेताहरुले सामाजिक संजालमा आफ्नो दावी प्रस्तुत गरेका छन भने केहि नेताहरुले आन्तरिक छलफललाई अगाडी बढाएका छन।
विगतमा जस्तो माथिबाट आएको आदेश अनुसार प्रतिनिधि घोषणा गर्ने अवस्था नरहेको काठमाण्डौ क्षेत्र नं ४ लाई माथिल्लो कमिटीका नेताहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको चर्चा विच यस पटक यस क्षेत्रमा निर्वाचन हुने सम्भावना निकै बढेको छ।
महाधिवेसन प्रतिनिधि छनौटको मिति नजिकिदै गर्दा अहिले काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुको गुन्डु र बालुवाटार यात्रा बाक्लिएको छ भने वडा स्तरमा पनि दुई पक्ष विच विभाजन स्पस्ट रुपमा देखिन थालेको एक जिल्ला कमिटी सदस्यले बताएका छन।
