भारतीय क्रिकेट काउन्सिल कार्यालयमा आक्रमण

नयाँ दिल्ली, २ कात्तिक । भारतीय हिन्दुवादी लडाकूले मुम्बईस्थित भारतीय क्रिकेट काउन्सिलको कार्यालयमा आक्रमण गरेका छन् ।

भारतीय क्रिकेट काउन्सिलले भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल पुनःसञ्चालन गर्ने योजना बनाएको भन्दै विरोध स्वरुप शिवसेनाले हिन्दु वाङखेहे रङ्गशालामा रहेको क्रिकेट बोर्डको मुम्बईस्थित केन्द्रीय कार्यालयमा आक्रमण गरेको जनाइएको छ ।

आक्रमण पाकिस्तानी क्रिकेट बोर्ड प्रमुख शाहरकार खान तथा भारतीय क्रिकेट बोर्डको अध्यक्ष शशांक मनोहरको आगामी कार्यक्रम निर्धारण गर्नका लागि बस्ने भनिएको बैठक सुरु हुनुपूर्व भएको छ ।

शिवसेनाका करिब ५० जना लडाकूले पहिलो हिन्दु धर्माबलम्बीको पहिचान स्वरुप पहेँलो (केशरी) रङ्को झण्डा र भारत– पाकिस्तानबीच हुन लागेको खेलप्रति विरोध जनाउन कालो झण्डा बोकी कार्यालय परिसर पुगेका बताइएको छ ।

शिवसेनाका सदस्य युवाहरूले पाकिस्तानी आतङ्कवादी समूहले सन् २००८ मा मुम्बई हमला गरी सयौँको हत्या गरेको भन्दै पाकिस्तानसँग सम्बन्ध गाँस्न नहुने भन्दै विरोध जनाउन सो आक्रमण गरेको बताएका छन् ।

भारतले पछिल्लो पटक सन् २०१२÷१३ मा पाकिस्तानसँग क्रिकेट खेलेको र जित्न सफल भएको थियो ।

तपाइँको प्रतिक्रिया ।