कम्युनिस्ट विद्रोहीसँगको भिडन्तमा दुई सेनाको मृत्यु

कम्युनिस्ट विद्रोहीसँगको भिडन्तमा दुई सेनाको मृत्यु

मनिला (फिलिपिन्स), १ कात्तिक । दक्षिण फिलिपिन्सको कम्पोस्टेला उपत्यकामा यहाँको युद्धरत कम्युनिस्ट पार्टी न्यु पिपुल्स आर्मी (एनपीए) का छापामार लडाकूसँग शनिबार भएको मुठभेडमा सरकारी सेनाका दुई जवानको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

फिलिपिन्सको सेनाले २५ औँ इन्फ्यान्ट्री बटालियनमा कार्यरत एक समूहले आक्रमण गरेको र करिब ६० जना एनपीए छापामार लडाकूसँग प्रतिवाद गर्ने क्रममा दुई सैनिकको निधन भएको सेनाले पुष्टि गरेको छ ।

फिलिपिन्सको क्यासुन, मनकायो, कम्पोस्टेला उपत्यका वरिपरी दिउँसो करिब २ बजे भएको २५ मिनेट लामो सशस्त्र भिडन्तमा दुई सेनाको मृत्यु भएको छ भने एक जना सैनिक जवान घाइते भएको समाचार छ ।

लडाकूहरु भने आक्रमणपछि सुरक्षित भाग्न सफल भएको सेनाले बताएको छ ।

एनपीएले गएको चार दशकदेखि सुरु गरेको छापामार युद्धमा करिब ६० मोर्चामा विभाजित ४ हजार लडाकू रहेको अनुमान छ । रासस

तपाइँको प्रतिक्रिया ।