दार्चुलामा भूकम्पको धक्का महसुुस

बैतडी, २ कात्तिक । दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर ५० मिनेटमा दार्चुलाबाट ४४ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले कुनै प्रकारको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला भूकम्पको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।