नेपाल आदर्श माध्यमिक विद्यालय काठमाण्डौमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६।
नेपाल आदर्श माध्यमिक विद्यालय, काठमाडौंले विज्ञान विषयका लागि शिक्षक दरखास्त आह्वान गरेको छ। विद्यालयमा कार्यरत विज्ञान शिक्षक श्री हरिनारायण श्रेष्ठको पद रिक्त भएकोले उक्त पदका लागि करार सेवामा शिक्षक आवश्यक भएको विद्यालयले जनाएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार दरखास्त दिने उम्मेदवारले स्नातक तह उत्तीर्ण गरी विज्ञान विषयमा स्नातक तहको योग्यता हासिल गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त शुल्क रु. १०० तोकिएको छ। परीक्षा मिति सम्पर्क बैठकको दिन नै तय हुनेछ भने दरखास्त दिने अन्तिम मिति २०८२ मंसिर १९ गते बुधबारसम्म तोकिएको छ।
परीक्षा लिखित, मौखिक तथा प्रयोगात्मक हुनेछ। दरखास्त दिने क्रममा उम्मेदवारले शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो (२ प्रति), र आवश्यक अनुभव सम्बन्धी प्रमाणपत्रका प्रतिलिपिहरू पेश गर्नुपर्नेछ।
