सुकेधारामा प्रहरीको एक्सन : लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६।
काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन।
यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथादण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
