काश्मिरमा तीन आतङ्ककारी मारिए

काश्मिरमा तीन आतङ्ककारी मारिए

श्रीनगर (भारत नियन्त्रित कश्मिर) २८ असोज । भारत नियन्त्रित कश्मिरमा भएको दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारी मारिएका भारतीय सुरक्षा अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
श्रीनगर सहरदेखि २६९ दक्षिणमा पर्ने दोदा जिल्लामा बिहीबार बिहान भएको भारतीय सैनिक र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारी मारिएका छन् ।
त्यसैगरी गादी नल्लाह क्षेत्रमा सुरक्षाबल माथि गोली प्रहारपछि सुरक्षाबलको कारबाहीमा अर्का एक आतङ्ककारी मारिएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।