चार मुक्तक : माया अर्याल (उपाध्याय)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
१)
लामो सम्बन्ध वर्षौंदेखिको थियो जस्तो लाग्दैछ
मौसम बद्लियो, समय बदलियो जस्तो लाग्दैछ
पुरानो सिद्धान्त परिमार्जन हुँदै नयाँ सुरु भयो ?
पानीप¥यो बादलको काम सकियो जस्तो लाग्दैछ
२)
दुखी रहन्छ घाउ बारम्बार खुसी हराएपछि
जटिल बन्दै गयो, सुनौलो संसार खुसी हराएपछि
ताराहरूले जिस्काए जस्तो लाग्दैछ जूनलाई
जतासुकै देखिन्छ अन्धकार खुसी हराएपछि
३)
सुन्न नपरोस् बसेको छ पिरमा, रमाएर बस्नु
हिड्न सिक्नु काँडा अनि भिरमा रमाएर बस्नु
धेरै मायाअनि मिठो सम्झनाप्यारो मान्छेलाई
बधाई छ, जुनि–जुनि उसैको शिरमा रमाएर बस्नु
४)
न हुनु विचलित न भिजाउनु परेला तिम्रै साथमा हुनेछु
रमाएपनि अरूसँग, गरे पनि हेला तिम्रै साथमा हुनेछु
जिताउन चाहान्छु सधैँ –सधैँ हार स्वीकार छ मलाई
तिमीलाई अप्ठ्यारो परेको बेला तिम्रै साथमा हुनेछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
