देश भन्दछ :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
आउँदैछ दिन यो किनकालो
छर्न खोज्छ कसले अझजालो
घाम मध्यदिनझैँहुनजाग
देश भन्दछ युवा अघि लाग ।१।
फालफाल पर यो सबशंका
डढ्न सक्छ भयले सब लंका
हुन्नहुल्नु परको हतियार
हुन्नबन्नु अरुको मतियार ।२।
भक्तिको अमरको धरती यो
हैन दास परको घर हाम्रो
गर्नुपर्छ रचना सीप छर्दै
पर्छ देख्नु सपनाश्रम भर्दै ।३।
पूmलझैँचहकिलाचुचुरा छन्
मूलझैँ सुरसिलामुजुरा छन्
हुन्नबन्नु बिचरा बल साँची
कर्म गर्नु छ दरो सँग बाँची ।४।
गर्न सक्छ कसले लुटपाट
बन्न सक्दछ कहाँ झुटबाट
रोकिदे समय त्यो बदमासी
न्याय बाँढ्न नसके चढ फाँसी ।५।
हिँड्न सत्यपथमाकुन रोक्छ
कर्म गर्न गतिलो किन छेक्छ
अन्धकार कसले किन बाँड्यो
दिव्यशान्तिकसले किन भाँड्यो ।६।
बस्नुपर्छ जनताकिनहार्दै
कुल्चिँदैछ कुननित्यलतार्दै
बन्नु पर्छ दुनियाँकिन रैती
बोक्नुपर्छ सबले अब गैती ।७।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
