श्री सरस्वती माध्यमिक विद्यालय मेलम्ची नगरपालिका–९ मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १४।
मेलम्ची नगरपालिका–९ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले गणित विषयका लागि शिक्षक माग गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइको पत्रका आधारमा विद्यालयले एक जना करार शिक्षक नियुक्ति गर्न आवेदन आह्वान गरेको हो।
विद्यालयका अनुसार गणित विषयमा न्यूनतम स्नातक तह (B.Ed) वा त्यस सरह उत्तीर्ण भएको तथा गणित विषय लिएर अध्ययन पूरा गरेको उमेदवारले दरखास्त दिन सक्नेछन्। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। साथै अध्यापन अनुमति पत्र र आवश्यक शैक्षिक कागजात अनिवार्य रहेको विद्यालयले जनाएको छ।
आवेदन दिँदा नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अध्यापन अनुमति पत्र, निवेदन र लिखित तथा प्रायोगिक परीक्षा शुल्क बुझाएको रसिद आवश्यक पर्नेछ। परीक्षा प्रकृया विद्यालयद्वारा तय गरिएको मापदण्डअनुसार हुनेछ।
मुख्य बुँदाहरू
-
पद: गणित शिक्षक
-
पद संख्या: १
-
योग्यता: स्नातक (गणित) वा सो सरह
-
उमेर: १८ देखि ४० वर्षसम्म
-
परीक्षा शुल्क: रु. १००० (फिर्ता नहुने)
-
आवेदन अवधि: सूचना प्रकाशित भएको मिति देखि १५ दिनभित्र
विद्यालयले पात्रता पुगेका इच्छुक उम्मेदवारलाई तोकिएका कागजातसहित निर्धारित समयभित्र विद्यालय कार्यालयमा सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ।
सम्पर्क:
श्री सरस्वती माध्यमिक विद्यालय, मेलम्ची–९, सिन्धुपाल्चोक
फोन: ०११–४००४८४
