राष्ट्रपति यादवसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौँ, २६ असोज । राष्ट्रपति डा रामवरण यादवसँग नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ ।

सोमबार शपथ लिएपछि नियमित भेटअन्तर्गत प्रधानमन्त्री ओलीले आज पहिलो पटक राष्ट्रपतिलाई भेट गर्नुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को बैठकले संविधानप्रति असन्तुष्ट दलहरुलाई वार्ताका लागि गरेको आह्वानका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति डा यादवले प्रधानमन्त्री ओलीको सफल कार्यकालको कामना गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।