विनाविभागीय राज्यमन्त्री निषाद्लाई शपथ

विनाविभागीय राज्यमन्त्री निषाद्लाई शपथ

काठमाडौँ, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज विनाविभागीय राज्यमन्त्रीमा मेघराज नेपाली निषाद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

nepali1

सिंहदरबारमा आज साँझ आयोजित कार्यक्रममा उहाँलाई शपथ दिलाइएको हो । निषाद् मधेस समता पार्टीका सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो शपथ लिई पहिलो चरणको मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।