२१ मानब कङ्काल फेला

धुन्चे (रसुवा), २५ असोज । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटिएको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार भेटिएका कङ्कालहरु लाङ्लाङबासीको भएको बताइएको छ । ती कङ्कालमध्ये पहिचान भएका १५ वटा कङ्काल स्थानीयबासीलाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँ पठाएने भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दलका गणपति बिक्रम गुरुङको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २१ मानव कङ्काल सङ्कलन गरेको थियो ।

सो सुरक्षा टोलीले १० दिनसम्म घटनास्थलको आसपासमा बसी खोजी गरेको थियो ।

प्रहरी प्रमुख विष्टले पहिरोमा पुरिएका करिब ३०० मध्ये अझै ८५ जना फेला नपरेको जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।