चाहना : खगेन्द्र बस्याल (लघुकथा)

चाहना : खगेन्द्र बस्याल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,भाद्र २९।

“बुवा म पढिरहेको बिद्यालयको पढाइबाट म लङ्गडो हुने भएँ नि ।” छोराले अचानक गुनासो गर्यो ।
बाबुले प्रतिवाद् गरे, “यो सहरको सबैभन्दा महँगो स्कुलमा पढाइको छु । राम्रोसँग पढ्, नचाहँदा फाल्तु कुरा गर्न कसले सिकायो ?”
उसले जवाफ दियो, “अन्तरमनले ।”
बाबुले के सोचेछन् कुन्नि प्रश्न गरे, “कहाँ पढ्न पाए राम्रोसँग जीवनमा सवैको नानी बनेर हिड्न सक्छु लागेको छ तँलाई ?”
उसले भन्यो, “पाठ्यपुस्तकका अतिरिक्त जीवन पनि पढाइने खालको धारणा बोकेका शिक्षक रहेका बिद्यालय खोज्नुस् त !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।