चार मुक्तक : अनाम उपेक्षित
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
यहाँ
हरेक कुरा पैसाले तौलिने गर्छन् यहाँ
विद्वानहरू पागलको कोटिमा पर्छन् यहाँ
यो समाजमाऔँसीको मनपरी चलिरा’छ
जूनहरूले कहिले उज्यालो छर्छन् यहाँ?
चुरो कुरो
काँडा घारीमाहामफाल्नु हुँदैन
आफनै सानमानको थाम ढाल्नु हुँदैन
सङ्गतनगरौँ कुलतको कहिल्यै
जीवनमेटिने कामथाल्नु हुँदैन ।
आजभोलि
कोही रहर गरेरै सहरतिर लाग्दै छन्
कोही करमा परेरै गाउँ छोडेर भाग्दै छन्
लहड चलिरहेछ जन्मथलो रुवाउने
सारा झुपडीहरू दयाको भिख माग्दै छन् ।
अनुभूति
घुम्न पर्नेगाउँतिर नै घुमिएछ
झुम्नपर्ने ठाउँहरूमै झुमिएछ
कति मिठो घाप पो मा¥यो समयले
आजफेरि अर्को शिखर चुमिएछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
