श्री तारेभिर आधारभूत विद्यालय गोकर्णेश्वर -३ मा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
गोकर्णेश्वर नगरपालिका–३, तारेभिरमा रहेको श्री तारेभिर आधारभूत विद्यालयले प्राथमिक तहका लागि शिक्षक पदमा दरखास्त आह्वान गरेको छ। विज्ञापन नं. ०४/०८२/०८३ अनुसार विद्यालयमा प्राथमिक तह (तृतीय) को लागि १ जना शिक्षक आवश्यक रहेको उल्लेख छ। इच्छुक उम्मेदवारले लिखित, मौखिक तथा आवश्यक परेमा प्राविधिक परीक्षा मार्फत छनोट गरिने विद्यालयले जनाएको छ।
दरखास्त दिनका लागि उम्मेदवारले नेपाल सरकारको प्रचलित नियम अनुसार न्यूनतम शैक्षिक योग्यता हासिल गरेको हुनुका साथै अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्नेछ। साथै, उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त बुझाउने अन्तिम मिति २०८२ भदौ २२ गते तोकिएको छ भने परीक्षा सम्बन्धी अन्य जानकारी पछि प्रकाशित गरिने विद्यालयले जनाएको छ।
आवश्यक कागजातमा नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अध्यापन अनुमति पत्र, स्थायी अध्यापन प्रमाणपत्र, र अन्य प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। दरखास्त शुल्क रु. १००० रहेको छ।
इच्छुक उम्मेदवारले विद्यालयमा प्रत्यक्ष वा इमेल shreetarebhirbasic@gmail.com मार्फत आवेदन पेश गर्न सक्नेछन्।
