बूढानिलकण्ठ नगर इसाई समितिद्वारा माननीय मन्त्री जयराम थापालाई सम्मान

बूढानिलकण्ठ नगर इसाई समितिद्वारा माननीय मन्त्री  जयराम थापालाई  सम्मान

कपन अनलाइन

काठमाडौं , भाद्र ३ /पास्टर  युहन्ना काप्री

बूढानिलकण्ठ नगर इसाई समितिले आज एक विशेष कार्यक्रममा वाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा ज्यूलाई दोशल्ला र सम्मान–पत्र प्रदान गरेको छ।

कार्यक्रममा समितिका अध्यक्ष रेभ. डा. गणेश प्रसाद देवकोटाले सम्मानपत्र हस्तान्तरण गर्दै मन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा. देवकोटाले नगर इसाई समितीलाई नगर स्तरमा सूचीकरण गर्न सहयोग गरिदिन आग्रह गरेका छ्न।

मन्त्री थापाले क्रिश्चियन समुदायप्रति आत्मीयता व्यक्त गर्दै नेपालको संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई व्यवहारमा कार्यान्वयन गर्न आफू सधैं समुदायसँग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, इसाई समुदायले दिएको सम्मान र बधाईबाट आफू अत्यन्तै खुशी भएको बताए।

कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष रेभ. डा. गणेश प्रसाद देवकोटा, उपाध्यक्ष रेभ. डा. जोमेश ओड, उपाध्यक्ष पास्टर देवीलाल श्रेष्ठ (देव), सचिव पास्टर बिनोद कटवाल, सह–सचिव मालती राई, सदस्यहरू : पास्टर यूहन्ना काप्री, पास्टर प्रकाश तिरुवा, पास्टर दिपेन्द्र गुरुङ, पास्टर दल बा. थामी, सपना सुनुवार, सल्लाहकार बिशप मिनिकुमार राई तथा एल्डर सुरज देवालीको विशेष उपस्थिति रहेको थियो।

अन्त्यमा सामूहिक प्रार्थनापछि कार्यक्रम समापन गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।