सिप स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न, अध्यक्षमा मनोरमा खड्का

सिप स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न, अध्यक्षमा मनोरमा खड्का

कपन अनलाइन

काठमाडौं , भाद्र ३ ।

सिप स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभाले मनोरमा खड्काको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

बुढानिलकण्ठ नगरपालिका सहकारी शाखाका प्रमुख अच्युत खड्का, सहकारी समन्वय समितिका संयोजक बेदुकाजी घिमिरे , सह संयोजक दामोदर पौडेल, नेफ्स्कुनका प्रतिनिधि राधा पोखरेल , वडा नं १० की सदस्य दिल कुमारी बिक  लगायतको उपस्थिति रहेको सो साधारण सभामा बरिष्ठ पत्रकार तथा विश्लेषक सुदर्शन आचार्यलाई सम्मान गरिएको थियो।

सिप स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता सिलवाल खड्काको अध्यक्षतामा भएको सो साधारण सभाले अध्यक्षमा खड्का सहित कोषाध्यक्षमा संगीता श्रेष्ठ . लेखा समिति संयोजकमा तारा नेपाली र लेखा समिति सदस्यमा सरिस्मा सिलवाललाई चयन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।