मानव सेवा आश्रममा लायन लिडर रमेश श्रेष्ठको जन्मदिन …….
कपन अनलाइन
काठमाडौं , भाद्र ४ ।
लायन लिडर तथा शिक्षासेवी लायन रमेश श्रेष्ठले मानव सेवा आश्रमका व्यक्तित्वहरु संग आफ्नो जन्मदिन मनाएका छन।
लामो समयदेखि शिक्षा र समसेवामा समर्पित रहेका श्रेष्ठले रानीबनमा रहेको मानव सेवा आश्रममा रहेका व्यक्तित्वहरुलाई भोजन गराउदै अपह्नो जन्मदिन मनाएका हुन्।
आफ्नो जन्मदिनमा विभिन्न सामाग्री सहित मानवसेवा आश्रममा पुगेका श्रेष्ठ संगै उनको परिवार र विभिन्न लायन लिडरहरुको सहभागिता रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु इंगलिस स्कुलको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहित आश्रम पुगेका उक्त विद्यालयका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो जन्मदिनमा परोपकार र सहयोगको भावनाले प्रेरित भएर सहयोग गर्नुका साथै आश्रमका अग्रजहरुबाट आशिर्वाद समेत लिएका थिए।
तपाइँको प्रतिक्रिया ।

