बुढानिलकण्ठ नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न, कुन विद्यालय बने विजेता ?
कपन अनलाइन
काठमाडौं , भाद्र ३।
बुढानिलकण्ठ नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्याब्सन बुढानिलकण्ठ र बुढानिलकण्ठ शैक्षिक मंचको आयोजनमा रास्ट्रीय नाच घर जमलमा भएको उक्त प्रतियोगितामा ४४ विद्यालयहरुको सहभागिता रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन शत्रमा नगर उपप्रमुख अनिता लामा र समापन शत्रमा नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहेका थिए।
प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठको अध्यक्षतामा भएको सो प्रतियोगितामा सहभागी विद्यालयहरुले तीजको मौलिकता र पहिचान झल्कने प्रस्तुतिहरु दिएको बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले जानकारी दिएका छन।
तीजको अवसर पारेर निरन्तर आयोजना हुदै आएको सो प्रतियोगिताको छैटौ संस्करणमा सहभागी विद्यालयहरु मध्य ११ विद्यालयले उत्कृस्ट १० स्थान हाशिल गरेका छन।
कुन कुन विद्यालय भए विजेता ?
प्रथम : सेन्ट जोसेफ इङ्गलिस एकेडेमी
दितीय :शिशु मिलन इंगलिस हाई स्कुल
तृतीय :फ्युजन एकेडेमी
चौथो : रिलायन्स इन्टरनेसनल एकेडेमी
पाचौ :नव ज्ञानभुमि बोर्डिङ्ग स्कुल
पाचौ : थ्री स्टार एकेडेमी
छैटौ : भ्याली पब्लिक हाई स्कुल
सातौ :जुगल नव गुरुकुल
आठौ : मोर्गन इन्टरनेसनल स्कुल
नवौ :शारदा एकेडेमी
दशौ : बाल उद्धार मावि

