अक्षरशः विश्वजित गुप्ता (विशाल)

अक्षरशः विश्वजित गुप्ता (विशाल)

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

हे, रावणसमान तुजुकी मनुष्य,
अहिले नै अफ्नो अभिमान त्याग ।
कुम्भकर्णजस्तै ६ महिनै सुत्छौ र ?
अब त उठ ।
जल्दै छ,
तिम्रो सुनौलो महल,
तिम्रै आफन्तका कारण ।
अग्नि निभाऊ ।
लङ्कातुल्य दरबार बचाऊ ।
बरु त्यही अग्निमा आफ्नो,
मैमत्ता जलाऊ ।
अलसतामा आगो लगाऊ ।
बिभीषणझैँ भेदी आफन्तलाई,
टाढा भगाऊ ।

हे, महाराजा,
भोलि भीखमङ्गा बन्न बेर लाग्दैन ।
यदि अनुभूत गर्दैनौ अफ्नो नातागती ।
सुधार ढब अनि,
प्रेमास्पद जीवलोकमा रमाऊ ।
अहिले केही कुबेला भएको छैन ।
मलाई वस्तुतः मान्छौ भने,
विश्वास पात्र ठान्छौ भने,
मैले निर्देश गरेको मार्गमा जान्छौ भने,
वत्सनाभभन्दा त घृतलाई नै,
श्रेष्ठ छान्छौ भने,
सङ्कीर्णता हटाऊ ।
मैत्री बढाऊ ।
अनि इखालु भावनाको विध्वंस गरी,
मर्यादा पुरुषोत्तम बनेर देखाऊ ।

हो, तिमीचाहिँ यो कृत्य,
अवश्यमेव गर्न सक्छौ ।
तदर्थ, अरूको लागि
आफैँ एक वेस दृष्टान्त बनि,
जीवलोकभरि सर।
तर, त्यसकोलागि तिमी पहिला मेरो,
समस्त अह्रोट अक्षरशः पालना गर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।