मालवाहक गाडी भित्रन थाल्यो

भद्रपुर, १७ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

इन्धन र ग्यासको कुनै पनि गाडी यो प्रवेशद्वारबाट नेपाल नभित्रिए पनि भारततर्फ पानीट्याङ्कीमा पाँच वटा ग्यासको गाडी रोकिएर रहेकाले साँझसम्ममा नेपाल भित्र्ने सम्भावना रहेको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।