केही टुक्रा कविता : अन्जु चालिसे (रुपाञ्जली)

केही टुक्रा कविता : अन्जु चालिसे (रुपाञ्जली)

कपन अनलाइन

काठमाडौँ, साउन २४।

१.
रोगी भएर बाँच्दा महसुस् भयो, हिलोको दलदलमै भासिए झैँ
कुनै दिन लाग्थ्यो यो जीवन,
कुनै अमूल्य बरादन पाए झैँ ।

२.
लाखौं अपरिचित मद्धे आज तिमी
एक अपरिचित भए झंै,
आफ्नै आफ्नाको समाजमा हिजो तिमी किन आफ्नै हुन सकेनौ ?

३.
कथा या गाथा मात्रै होइन जिन्दगी
कसैको व्यथा मात्रै पनि त होइन
जिन्दगी,
सङ्घर्षको गर्भबाट उत्पन्न सायद समस्त ईक्षाहरूको संगम पनि हो जिन्दगी ।

४.रातको अँध्यारोमा उजाल्यो छर्दै जगतलाई बाटो देखाउछौ,
तिमीलाई नै हे चन्द्रमा किन सधैँ,
उज्यालो नै अन्धकारतर्फ भगाऊछ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।