नेता : रामहरी कपाली (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन १७।
नुन बिक्छ, सुन बिक्छ
गुन्द्रुक बिक्छ, हवाईजहाज बिक्छ
समाज बिक्छ, मानवता बिक्छ
धर्म बिक्छ, भगवानको मूर्ति बिक्छ
बजार न हो
बजार न हो सबथोक बिक्छ
राम्रा नराम्रा कुहेका गन्हाएका सबै बिक्छ
भ्रष्टाचारीको बोली बिक्छ
किनकी उ असल प्रशासक हो
चुनाव आउँदा भोट बिक्छ
किनकी जनताको चूला बलेका छैनन्
झूठो आश्वासनमा समाज बिक्छ
किनकी उ भावी मन्त्रि हो
नेताजीको नैतिकता बिक्छ
किनकी उ नेता हो
किनकी उ नेता हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
