तिमी सँगै भएको भए : रीबी (कविता )

तिमी सँगै भएको भए :  रीबी (कविता )

कपन अनलाइन

काठमाडौं, साउन३।

यदि तिमी मेरो साथमा भएको भए,
सारा संसार मेरो हातमा भयौ झैँ लाग्ने ।
दुख पनि मिठो गीत जस्तो सुनिन्थ्यो,
अनि हरेक क्षणमा सन्तोष पाइन्थ्यो ।
तिमी हाँस्थ्यौ भने फूलहरू फुल्थे,
नजर जुध्दा आकाशहरू झुक्थे ।
छाया पनि उज्यालो लाग्थ्यो,
अनि मनमा नयाँ बिहान जाग्थ्यो ।
तिमी बिना यो जीवन अधुरो छ,
सपनामा पनि तिमी हुन जरुरी छ ।
तिमी सँगै भएको भए
म संसारकै सबैभन्दा भाग्यमानी हुन्थें ।
म खोज्थें तिमीलाई शून्यतामा,
तिमी हुन्थ्यौ भने म हराउँथे तिमीसँग
तिमीनै मेरो गीत, मेरो कविता,
तिमी बिना अधुरो छ यो जीवन यात्रा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।